कपालका लागि स्याम्पुको प्रयोग कतिको आवश्यकता ?
हामी बजारमा धेरै प्रकारका स्याम्पुहरु पाउन सक्छौँ । तसर्थ आफ्ना लागि उपयुक्त स्याम्पुको छनौट गर्न पनि गाह्रो देखिन्छ ।
तपाईंले जुन स्याम्पुको छनौट गर्नुहुन्छ, आवश्यकता अनुसार त्यसलाई कपालमा लगाउनुहोस् । स्याम्पु लगाए पश्चात् कपाललाई पानीले राम्ररी पखाल्नुहोस्, अर्थात् कपालमा स्याम्पुको मात्रा नहोस् ।
अन्डायुक्त स्याम्पु प्रयोग गर्दा अझै राम्रो हुन्छ । यसैगरी कपालका लागि रिठा पनि उपयुक्त हुन्छ । स्याम्पु आदिको प्रयोग हुनुभन्दा पहिले रिठाले नै कपाल नुहाउने गरिन्थ्यो । यसले कपाल झर्ने समस्या हुन पनि दिँदैन ।
जुन महिलाको कपाल नरम र लामो हुन्छ उनीहरुले चिल्लो कम भएको तेल प्रयोग गर्नुपर्दछ । नरिवलको तेल, केंथरडीन हेयर आयल तथा सेल्डे कोकोनट हेयर आयल उनीहरुका लागि उपयुक्त हुन्छ ।
रुखो र छोटो कपालका लागि केश बद्धनीको प्रयोग लाभप्रद हुन्छ । कपाललाई नरम र चम्किलो बनाउनका लागि लिनोलिनयुक्त हेयर लोसनको प्रयोग गर्नुपर्दछ ।
साभार : ‘नारी सौन्दर्य विज्ञान’ पुस्तकबाट