Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका पूर्व प्रधानमन्त्री आबेको पार्थीव शरीर टोकियो लगियो

बिहीबार, मंसिर ८, २०७९

टोकियो । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको पार्थीव शरीर राजधानी टोकियो लगिएको छ । गोली हानी हत्या भएको एक दिन पछि उनको पार्थीव शरीर राजधानी लगिएको हो ।

उनको नारामा पुनः हुन गइरहेको निर्वाचनका लागि प्रचारप्रसारका क्रममा शुक्रबार भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो । गोली लागेपछि लडेका उनको नारा युनिभर्सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

आबेलाई गोली हान्ने ४१ वर्षीय यामागामी तेत्सुआलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट बन्दुकसमेत बरामद गरिएको छ । यामागामीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

यसैबीच नेताहरूले आइतबार हुने जापानी संसदीय निर्वाचनको प्रचारप्रसारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार