Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा बढ्दै कोरोना : एकै दिन १९ हजारमा संक्रमण

शुक्रबार, मंसिर ९, २०७९

नयाँदिल्ली - भारतमा एकै दिन कोरोना भाइरसबाट थप झण्डै १९ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार थप १८ हजार ८४० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या चार करोड ३६ लाख चार हजार ३९४ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा देशभर कुल चार लाख ५४ हजार ७७८ जनाको कोरोना परीक्षण गरिएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

भारतमा पछिल्लो समयमा सक्रिय सङ्क्रमितहरुको संख्यामा पनि वृद्धि भएको देखिएको मन्त्रालयले जनाएको छ । पछिल्लो ४ महिनामा अहिले सबैभन्दा धेरै देखिएका हुन् । सोही अवधिमा कोरोना भाइरसका कारण भारतमा थप ४३ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या पाँच लाख २५ हजार ३४६ पुगेको छ । -एएनआई

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्