Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाली राष्ट्रपति

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - श्रीलंकामा प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।

श्रीलंकामा आर्थिक संकट शुरु भएपछि शनिबार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस लगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो ।

आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् । स्थानीय प्रशासनले प्रदर्शनलाई रोक्न विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार