Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंका संकट : अहिलेसम्मकै ठूलो प्रदर्शन, आन्दोलनकारीद्वारा राष्ट्रपति निवासमा आक्रमण

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - चरम आर्थिक संकट झेलिरहेको श्रीलंकामा हालसम्मकै ठूलो विरोध प्रदर्शन भएको छ । आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवासमा आक्रमण गरेका छन् । देशको आर्थिक संकट समाधान र राष्ट्रपतिको राजीनामा माग गर्दै हजारौं प्रदर्शनकारीले आज कोलम्बोका सडक कब्जा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

आजको प्रदर्शन आर्थिक संकट शुरु भएयताकै ठूलो भएको समाचारमा उल्लेख छ । प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा र इँटा प्रहार गरेका छन् । प्रहरीले सयौं राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनीहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मूख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् ।

पेट्रोल र डिजलको चरम अभावका बीच पनि देशका विभिन्न ठाउँबाट ट्रक र बस चढेर हजारौँ प्रदर्शनकारी राजधानी कोलम्बो पुगेका छन् । २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार