Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुकुम पूर्वको सिस्नेमा १० थान बेवारिसे बन्दुक फेला

शुक्रबार, मंसिर ९, २०७९

रुकुम पूर्व - प्रहरीले रुकुम पूर्वको सिस्ने गाउँपालिकाका विभिन्न स्थानमा १० थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ । गत जेठ २८ गतेयता एक महिनाको अवधिमा ती बन्दुक भेटिएका हुन् ।

१० नाल भरुवा बन्दुकमध्ये ३ वटा चल्नसक्ने र ७ वटा चल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिएका छन् । सूचना अधिकारी खत्रीका अनुसार गत जेठ २८ गते सिस्ने गाउँपालिकाको ६ नम्बर वडा खोपिचारमा २ नाल भरुवा बन्दुक फेला परेका थिए ।

जेठ ३१ गते सोही ठाउँबाट अरु थप २ बन्दुक फेला परेका थिए । असार ६ गते सोही ठाउँमा थप ३ नाल बन्दुक फेला परेका थिए । असार ११ गते ५ नम्बर वडाबाट ३ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका थिए ।

ती बन्दुक कसले र किन राख्यो भनेर पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले अवैध हतियार संकलन अभियान चलाएको थियो । यही अभियानको क्रममा यी बन्दुक बेवारिसे रुपमा राखिएको पाइएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्