Nic Ad Nic Ad
Nic Ad Nic Ad

केन्यामा मिनिबस र ट्रक जुध्दा १५ जनाको मृत्यु, पाँच घाइते

बिहीबार, मंसिर ८, २०७९
केन्या - केन्याको तटीय क्षेत्रमा सडक दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन् । मोम्बासा-नैरोबी राजमार्गमा मिनिबस र ट्रक एकआपसमा ठोक्किँदा उनीहरूको ज्यान गएको हो । दुर्घटनामा घाइतेभएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्नसक्ने स्थानीय प्रहरीले जनाएको छ । केन्यामा लापरबाहीपूर्ण ढङ्गले सवारी साधन चलाउने, जोखिम मोलेर सडकमा गुडिरहेका सवारीलाई उछिन्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन हाँक्ने, हेलमेट नलगाउने प्रवृत्तिले घातक सडक दुर्घटना हुने गरेका छन् । राष्ट्रिय यातायात सुरक्षा प्राधिकरणका अनुसार सन् २०२० मा सडक दुर्घटनामा परी तीन हजार चार सय ७८ जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा चार हजार एकसय २१ जनाले ज्यान गुमाएका थिए । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार