Nic Ad Nic Ad
Nic Ad Nic Ad

बलिउडमा ‘लेडी सिंघम’ को दबदबा

बिहीबार, मंसिर ८, २०७९
मुम्बई– ‘जब खाकी रंग सही हुन्छ, त्यो चाहे त्यो पुरुषले लगाएको होस् या महिलाले, तिमीहरु जस्तो शक्तिहिनलाई चुड्कीमै आफ्नो औकात देखाइदिन्छु’, यो दमदार संवाद अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘गंगाजल’मा बोलेकी थिइन् । फिल्ममा उनी एक महिला प्रहरी अधिकृतको भूमिकामा थिइन् । जब अभिनेत्रीहरुले प्रहरीको बर्दी लगाउने असर पाए, उनीहरुले आफ्नो छाप छोडे । ‘अन्धा कानून’ मा हेमा मालिनी, ‘फूल बने अंगारे’मा रेखा, ‘तेजस्विनी’मा विजयशान्ति, ‘खलनायक’मा माधुरी दिक्षित, ‘वन टू का फोर’मा जुही चावला प्रहरी अधिकृत बनेर आफ्नो धाक जमाए । यद्यपि यी फिल्मको संख्या पुरुष प्रहरी अधिकृत भएको संख्याभन्दा कम हो, किनकी महिला प्रधान फिल्ममा लगानी गर्न र त्यसले बक्सअफिसमा पैसा कमाउन निकै मुस्किल थियो । तर अहिले समय फेरिएको छ । फिल्मसँगै वेब सिरिजमा अभिनेत्रीहरु प्रहरीको बर्दीमा देखिन थालेका छन् । फिल्म ‘मर्दानी’मा रानी मुखर्जी, ‘अ थर्सडे’मा नेहा धूपिया, वेब सीरीज ‘देल्ही क्राइम’ शेफाली शाह, ‘आरण्यक’मा रवीना टण्डन, ‘शी’ हवल्दारको भूमिका निभाएकी आदिति पोहनकरसहित कैयौँ अभिनेत्री प्रहरीको बर्दीमा आफ्नो सानलाई जबरदस्त दर्शकमाझ देखाइरहेका छन् । सन् २०१४ मा रिलिज भएको फिल्म ‘मर्दानी’मा अभिनेत्री रानी मुखर्जीले वरिष्ठ प्रहरी अधिकृतको भूमिकामा अभिनय गरेकी थिइन् । यो फिल्म बक्सअफिसमा सफल रह्यो । प्रकाश झा निर्देशित फिल्म ‘जय गंगाजल’मा प्रियंका चोपडाले फिल्म प्रमोसनको समयमा प्रियंकाले महिलालाई उसको योग्यता र समक्षमताबाट मापन गर्नुपर्ने बताएकी थिइन् । सन् २००३ मा रिलिज फिल्म ‘समयः ह्वेन टाइम स्ट्राइक्स’मा सुस्मिता सेन प्रहरी अधिकृतको भूमिकामा थिइन् । त्यो समयमा कमै फिल्म बन्थे, जसमा अभिनेत्रीलाई पूर्ण जिम्मेवारी प्रदान गरिन्थ्यो । महिला प्रहरीमा आधारित फिल्म हेर्ने दर्शक पनि कम हुन्थे । यो फिल्मका निर्देशक रवी ग्रेवाल महिला पुरुषभन्दा सक्षम मान्छन् । ‘मेरा लागि दिलचस्पी कुरा यही थियो कि नयाँ तरिकाले त्यसलाई प्रस्तुत गरुँ, जसमा शारीरिक द्वन्द्व होस् । यसमा मजबुत महिलाको भूमिका थियो । शारीरिक र मानसिक रुपमा सशक्त भूमिका थियो । हामीले एक्सनका अलावा महिला प्रहरीको मानसिक अब्बलतालाई देखाएका थियौं । हामीले यसका लागि निकै अध्ययन गर्यौ । पूर्व प्रहरी अधिकारी किरण वेदी प्रेरणा रहिन् । कथा उनबाट प्रेरित त थिएन, तर उर्जा चाहिँ पक्कै थियो । त्यहीकारण हामीले सुस्मितालाई लियौं’, उनले भनेका छन् । फिल्म ‘मर्दानी’का निर्देशक प्रदीप सरकार फिल्म बनाउँदा लैंगिक विषय दिमागमा नरहने दाबी गर्छन् । फिल्ममा चरित्रले के काम गर्छ, त्यसमा निर्भर हुने उनी बताउँछन् । ‘मैले रानी (रानी मुखर्जी)लाई कहिल्यै पनि तिमी यो फिल्मका लागि यस्तो बन्नुपर्छ भनेर कहिल्यै भनिनँ, रानी जस्तो थिइन्, त्यस्तै मर्दानीको कथा बताएँ । किनकी उनी आफैंमा कठिन महिला हुन् । फिल्ममा उनी अग्लो मोटो प्रहरी अधिकृतको जस्तो थिइनन्, तर खराब चरित्र भएकालाई कसरी सम्हाल्ने भन्ने ज्ञान चाहिँ थियो । त्यसपछि हामी प्रहरी चौकीमा गयौं, जहाँ रानीले महिला प्रहरी अधिकृतसँग गुण्डालाई कसरी सम्हाल्न सकिन्छ भन्ने विषयमा ज्ञान लिइन् । त्यसपछि उनी उठिन र प्रोडक्सन म्यानेजलाई थप्पड हानिन् । उनी तर्सिए, किनकी यो न त उनलाई थाहा थियो, न त हामीलाई नै । यी कुराहरु हामीले फिल्म सुट हुनु अघि नै सिकेका थियौं’, उनले भनेका छन् । नेटफ्लिक्समा हालै रिलिज वेब सिरिज ‘शी २’मा अदिति पोहनकरमा उनको प्रहरी अधिकृतको भूमिका दर्शकले मनपराए । अंडरकवर प्रहरीको यो भूमिका वेब सिरिज लेखक इम्तियाज अलीले देखाउने प्रयास गरेका छन् । ‘आजकल प्रहरीको युनिफर्मममा कैयौं युवती देखिन्छन् । चाहे त्यो सीआरपीएफमा होस् या एयरपोर्टको सेक्युरिटी चेकमा होस् । उनीहरुलाई देख्दा लाग्छ कि उनको पछिल्लो पिँढीमा कसैले पेन्ट सर्ट लगाएर यसरी दिनभर उभिएर काम गरेका हुन् । किनकी घरवालाको मानसिकता आज पनि पुरानै शैलीको छ । शीमा अदितीको भूमिकाले उनीमा महिलाको कुरा छैन भन्ने प्रष्ट्याएको थियो । यद्यपि उनमा त्यो नारीत्व जहिल्यै छ, त्यसलाई बाहिर ल्याउन मलाई निकै चुनौती थियो’, उनले भनेका छन् । फिल्म ‘दसवी’मा महिला प्रहरीलाई अलग कोणबाट देखाइएको थियो । उनीहरुलाई कुनै ठूलो एक्सन वा दश गुण्डासँग फाइट गरेको देखाइन्, बरु जेलमा रहेका कैदीलाई सुधारेको देखाइयो । यामी गौतमले फिल्ममा जेल सुपरिटेण्डेन्टको भूमिका निर्वाह गरेकी थिइन् । पुरुष प्रधान माहोलमा जब महिला भूमिकाले काम गर्छ, तब अर्को महिलाबाट प्रेरित हुन्छ । वेब सिरिज ‘आरण्यक’बाट रवीना टण्डनले डिजिटल प्लेटफर्ममा पाइला चालेकी थिइन् । उनी प्रहरी अधिकृतको भूमिकामा थिइन् । सिरिजका निर्देशक विनय वैकुल रवीनाको भूमिकाले खास गरी महिला दर्शक प्रेरित भएको दाबी गर्छन् । – प्रियंका सिंह (दैनिक जागरण)
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०९:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार