Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकाका प्रधानमन्त्री विक्रमासिंघे राजीनामा दिन तयार

शुक्रबार, मंसिर ९, २०७९
कोलम्बो– श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघे पदबाट राजीनामा दिन सहमत भएका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार विक्रमासिंघेले सर्वदलीय सरकार गठनको बाटो खोल्नका लागि राजीनामा दिन तयार भएका हुन् । शनिबार दिउँसो सरकार विरोधी प्रदर्शनकारी राष्ट्रपति गोटाबाया राजपक्षेको सरकारी निवासमा प्रवेश गरेका थिए । साँझको समयमा प्रदर्शनीकारी प्रधानमन्त्री निवासमा पनि प्रवेश गरेका थिए । प्रधानमन्त्री विक्रमासिंघेले आफ्नो पार्टीको नेताहरुलाई सर्वदलीय सरकार बनाउनका लागि आफूले राजीनामा दिन लागेको जानकारी दिएका छन् । बीबीसीका अनुसार नागरिकको सुरक्षा सुनिश्चित गर्नका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्तावमा सहमति जनाएका छन् । –बीबीसी
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्