काश्मीरी मस्जिदमा बकर ईद (तस्वीरहरू)
काठमाडौँ – इस्लाम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजानको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । इस्लाम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि आपसमा शुभकामना आदान प्रदान गरिन्छ ।हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।यस पर्वका अवसरमा साउदी अरेबियाको मक्कामा हज गर्न जाने परम्परा छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो ।यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा इस्लाम धर्माबलम्बी भेला भएर प्रार्थना गरिरहेका छन् । यी तस्वीरहरू काठमाडाैँको दरबारमार्गस्थित काश्मिरी मस्जिदका हुन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १८:०६
प्रतिक्रिया दिनुहोस्