अष्ट्रेलियामा शोभितको बद्री बहादुर
काठमाडौं — निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा रिलिज हुने भएको छ । फिल्म आगामी जुलाई ३० तारिखमा सिड्नीलगायत चार सहरमा रिलिज हुन लागेको हो । फिल्म रिलिजका लागि निर्देशक बस्नेत यतिबेला अष्ट्रेलियामा छन् ।
फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सञ्चारकर्मी रवी अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र नवकलाकार एलिना गुरुङको अभिनय छ ।
एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् ।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन छ । कमेडी जनराको फिल्म काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकनग गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०३
प्रतिक्रिया दिनुहोस्