Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा सञ्चालित अवैध क्यासिनोमा छापा, ४ नेपालीसहित १० जना पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
नोएडाः  भारतको नोएडा राज्यको स्थानीय प्रहरीले एक अर्पाटमेण्टमा सञ्चालित अवैध क्यासिनोमा छापा मार्दा ४ नेपाली सहित १० जनालाई पक्राउ गरेको छ ।  क्यासिनो बुधबार मात्र स्थापना गरिएको थियो। आज शुक्रबार केही व्यक्तिहरू क्यासिनो भ्रमण गर्ने बारे बिसराख प्रहरी थानाका अधिकारीहरूले जानकारी पाएका थिए, नोएडाका प्रमुख प्रमुख  हरिश चन्दरले भने।  स्थानीयले बिसराख पुलिस स्टेशनलाई बिहीबार राति ग्रेटर नोएडा (पश्चिम) को सोसाइटीमा अवैध जुवा खेल्ने बारे जानकारी दिइएको स्थानीय अखबारले लेखेको छ ।  घटनास्थलबाट चार महिलासहित १० जनालाई पक्राउ गरिएको छ । १ लाखभन्दा बढी नगद र मदिराका बोतलहरू लगायतका सामानहरू बरामद गरिएको छ,’ अधिकारीले भने। डिसीपी चन्दरका अनुसार क्यासिनो स्थापनाका लागि जिम्मेवार व्यक्तिमध्ये दुई जना फेला परेका छन् तर उनीहरु अझै फरार छन् । उनीहरुलाई खोजी भइरहेको पनि उनले बताए । घटनास्थलबाट तीनवटा कार्ड, दुईवटा क्यासिनो टेबुल र तीन हजार १४५ सिक्का समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गाजियाबादका क्यासिनो सञ्चालक तरुण प्रताप सिंह र रवि, शोभित कुमार, शिव भगवान, ऋतिक र विभोर शर्मा रहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट चार नेपाली महिला रिया, चिजा खड्का, शिव थापा र सुनितालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सार्वजनिक जुवा ऐन बमोजिम बिसराख प्रहरी चौकीमा मुद्दा दर्ता गरी थप कानुनी कारबाही भैरहेको प्रहरीले जनाएको छ । ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०७
प्रतिक्रिया दिनुहोस्