जुम्लामा हलो जोत्दै प्रदीप खड्का
काठमाडौं– फिल्ममा चकलेटी भूमिकामा रुचाइएका अभिनेता प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भने भिन्न लुक्समा देखिँदैछन् । आगामी भदौ १० गतेबाट रिलिज हुने फिल्म ‘प्रकाश’ कर्णालीको जुम्लाको एक युवाको भूमिकामा प्रस्तुत हुँदैछन् ।
फिल्मका निर्देशक दिनेश राउतका अनुसार फिल्ममार्फत प्रदीपले आम नेपाली युवाहरुको प्रतिनिधित्व गर्नेछन् । ‘कर्णालीको परिवेशमा फिल्म छायांकन गरिए पनि प्रदीपको चरित्र आम नेपाली युवाको चरित्र हो’, दिनेश भन्छन्,‘फिल्ममा प्रदीप शिक्षक बन्ने सपना देखेको एक युवाको भूमिकामा छन् ।’
फिल्म निर्माण युनिटले आइतबार दुई फस्टलुक सार्वजनिक गरेको छ । ती फस्टलुकमा अभिनेता प्रदीपलाई हलो जोतिरहेको देख्न सकिन्छ । उनले ट्राउजर र सर्ट लगाएका छन् । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।
बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:०३
प्रतिक्रिया दिनुहोस्