अर्थतन्त्रको माग र अवस्था अनुसार मौद्रिक नीति आउनेछ: गभर्नर अधिकारी
काठमाडाैँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो दिमागमा जे आउँछ त्यसैको आधारमा मौद्रिक नीति बनाउने नभएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, अर्थतन्त्रको माग र अवस्था अनुसारको नीति आउनेछ । महाप्रसाद अधिकारीलाई के लाग्छ भन्ने आधारमा नीति आउने होइन । अर्थतन्त्रलाई सहज बनाउने किसिमको मौद्रिक नीति आउनेछ ।
पहिला अर्थतन्त्र स्थिर रहे मात्र सबैजना त्यहाँभित्र अटाइने उनी बताउँछन् । त्यसैले कसो गर्दा अर्थतन्त्रलाई राम्रो हुन्छ भन्नेतर्फ ध्यान दिइनुपर्ने उनले बताए ।
आफूहरू अहिले एक किसिमको चुनौतीपूर्ण अवस्थामा रहेको उनी बताउँछन् । कोरोनापछि रूस र युक्रेनको युद्धको फलस्वरूप विश्वभर नै मुद्रास्फितीको तनाव रहेको र सोही तनाव नेपालमा पनि भोग्नु परेको उनको तर्क छ ।
खपतको समस्या मुख्य रहेको भन्दै उनले खपत ९ऋयलकगmउतष्यल० घटाउनु पर्नेमा जोड दिए । खपत घटाउँदा केही कुरा सहनुपर्ने अवस्था आउने भन्दै उनले अर्थतन्त्रलाई राम्रो हुन्छ भने सहन तयार रहनुपर्ने बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:५४
प्रतिक्रिया दिनुहोस्