मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरियाको निधन
काठमाडौँ– मेक्सिकोका पूर्व राष्ट्रपति लुइस इचेभेरिया अल्भारेजको १०० वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनका छोरा बेनिटो इचेभेरियाले शनिबार सिन्ह्वालाई सो बारे जनाकारी गराएका हुन् ।
उनले सन् १९७० देखि १९७६ सम्म शासन गरेका थिए। उनको निधनमा मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले ट्विटर मार्फत आफ्नो सम्मानजनक समवेदना व्यक्त गरेका छन् ।
मेक्सिकोको संस्थागत क्रान्तिकारी पार्टीका सदस्य र पेशाले कानुन व्यवसायी रहेका इचेभेरियाले मेक्सिकोको अन्तर्राष्ट्रिय सम्बन्धलाई विशेष प्राथमिकतामा राखेर शासन गरेका थिए । सन् १९७२ मा संयुक्त राष्ट्रसङ्घमा राज्यको आर्थिक अधिकार र कर्तव्यको बडापत्रलाई प्रवर्द्धन का लागि उनी विशेष परिचित थिए।
उनले सन् १९७२ फेब्रुअरीमा चीनसँग कूटनीतिक सम्बन्ध स्थापनाको पहल पनि गरेका थिए । रासस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १३:०२
प्रतिक्रिया दिनुहोस्