परराष्ट्रमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता
काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले परराष्ट्रमन्त्री डा नारायण खड्कासंग भेटवार्ता गरेका छन् ।
उनले आइतबार अपरान्ह सिंहदरबार पुगेर परराष्ट्रमन्त्री खड्कासंग भेटवार्ता गरेका हुन् ।
भेटमा उनीहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ । विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौँ आइपुगेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:०६
प्रतिक्रिया दिनुहोस्