स्कटल्याण्डसँग नामिबिया ७७ रनले पराजित
काठमाडौँ– आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा घरेलु टोली स्कटल्याण्डले नामिबियालाई हराएको छ ।
त्रिकोणात्मक सिरिज अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले नामिबियालाई ७७ रनले हराएको हो ।
स्कटल्याण्डले दिएको २ सय ५९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नामिबिया ४३ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटियो ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा २ सय ५८ रन बनाउँदा ६ विकेट गुमाएको थियो ।
यस जितसँगै स्कटल्याण्डको २१ खेलबाट ३० अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा कायमै रहेको छ ।
नामिबिया भने १५ खेलमा १४ अंक सहित छैटौं स्थानमा रहेको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्