Nic Ad Nic Ad
Nic Ad Nic Ad

वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको र बिहान आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा वर्षा भएको छ । आज राति प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाले भोलि र पर्सी बुधबारसम्मै देशभर सामान्य बदली रही वर्षा हुने जानकारी दिएको छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:०५
प्रतिक्रिया दिनुहोस्