Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमवारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ८५ पैसा र बिक्री दर १२९ रुपैयाँ ४६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ १८ पैसा र बिक्री दर १५२ रुपैयाँ ९० पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ १८ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७५ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ १५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ७० पैसा र बिक्री दर ३३ रुपैयाँ ८६ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७१ पैसा रहेको छ । त्यस्तै कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:५४
प्रतिक्रिया दिनुहोस्