नामिबियासँग पहिले बलिङ गर्दै नेपाल
काठमाडौँ– विश्वकप क्रिकेट लिग टूमा नेपालले केहीबेरमा नामिबियासँग खेल्दैछ । खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । स्कटल्यान्डमा टस जितेर नामिबियाले पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो । (यसअघि आइसीसीले नेपालले पहिले ब्याटिङ गर्ने जनाएकाे थियो)
नेपाल आज नामिबियालाई हराउँदै शृंखलामा सुखद सुरुआत गर्न चाहन्छ । तर, नामिबियालाई हराउँन नेपाललाई सहज भने हुनेछैन । लिग टु मा नामिबियासँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।
आजको नेपाली टिममा कप्तान सन्दीप लामिछानेसहित देब खनाल, दिपेन्द्रसिंह एेरी, रोहितकुमार पाैडेल, आरिफ शेख, आशिफ शेख, करण केसी कुशल भुर्तेल बरिस अहमद र सोमपाल कामी रहेका क्यानले जनाएको छ ।
शृंखलाको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।
लिग टू को अंक तालिकामा नेपाल १६ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । नामिबिया १५ खेलमा १४ अंक जोडेर छैटौं स्थानमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्