नामिबियाद्वारा नेपाललाई २२१ रनको लक्ष्य
काठमाडौँ– विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय खेलमा नामिबियाले नेपाललाई २२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नामिबिया ४७ ओभर ३ बलमा २२० रन बनाउँदै अलआउट भएको हो ।
नामिबियाका जान निकोलले ६० तथा डिभान लुकले ४१ रन बनाए । नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । यस्तै सोमपाल कामीले दुई तथा करण केसी बसिर अहमद र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्