Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्काे नुन सेवन गर्नुहुन्छ ? आजै कम गर्नुहोस्

शुक्रबार, मंसिर ९, २०७९

सल्लो खानेकुरा कसलाई मन पर्ला र ? स्वाद बढाउन मानिस के केसम्म गर्दैनन् । यस्तोमा नुनको स्वाद बिना प्राय परिकार चित्त बुझ्दैन । तर एउटा हदसम्म नुन सेवन ठिकै हुन्छ, त्यो भन्दा बढि भयो भने त्यसले समस्या निम्त्याउन सक्छ ।

हामि मध्ये कतिपय चर्काे नुनको सेवन गर्छौ । तर के तपाईलाई थाहा छ, नुनको मात्रा बढी भयो भने त्यो हानिकारक हुने गर्दछ । अत्यधिक नुन सेवन गर्ने ब्यक्तिको शरीरमा निम्न समस्या हुन्छ ।

– शरीरमा नुनको मात्रा बढी भए शरीर सुन्निने तथा आलस्य बढ्ने हुन्छ । – शरीरमा पानीको मात्रा कम भएमा निश्चित अंगमा पानी जम्मा हुन्छ । – मृगौलाको पत्थरी, हाई ब्लड प्रेसर, अल्सर लगायतको गम्भीर रोग निम्तन सक्छ ।

चर्काे नुन खाने बानी कसरी कम गर्ने ? – अत्यधिक नुनको सेवन गर्ने बानी छ भने त्यसलाई बिस्तारै नियन्त्रण गर्नु पर्दछ । – पकाएका खानेकुरामा पछिबाट नुन छर्केर खानु हुदैँन । – फास्टफुड र जंकफुड लगायतका बजारका खाना तथा खाजा कम खाने । – घरमै बनाएको खाना मात्र खाने – खानामा खुसार्नी, जाइफल, धनिया“, अदुवाको मिश्रण खाने ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:३४
प्रतिक्रिया दिनुहोस्