Nic Ad Nic Ad
Nic Ad Nic Ad

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– हिमालयन हाइड्रोपावरको लिमिटेडले सर्वसाधारको लागि जारी गरेको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

आज कम्पनीका धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ बाँडफाँट गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेर बिक्री नभएको ६ लाख १८ हजार २५० कित्तासहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमा ९८ हजार ४१३ कित्ता सामूहिक लगानी कोषको लागि र ३९ हजार ३६५ कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याएर बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ताको सेयरका लागि सर्बसाधारणबाट आवेदन माग गरेको हो ।

उक्त आईपीओमा कुल १५ लाख ९५ हजार ५५४ आवेदकबाट १ करोड ७७ लाख ५४ हजार ३०० कित्ताका लागि आवेदन परेको थियो । जसमा १ हजार ६११ आवेदकको आवेदन रद्द हुँदा १५ लाख ९३ हजार ७९६ आवेदन स्वीकृत भएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावली अनुसार गोलप्रथाबाट बाँडफाँट गर्दा स्वीकृत आवेदकमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । यसरी बाँडफाँट गर्दा बाँकी रहेको २ कित्ता सेयर सोहीमध्ये १० कित्ताभन्दा बढीको लागि आवेदन दिने २ आवेदकले थप एक कित्ताका दरले गरी ११ कित्ता प्राप्त गरेको छन् ।

कम्पनीले कास्कीको मादी गाउँपालिका २ मा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२४
प्रतिक्रिया दिनुहोस्