Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानका पूर्वप्रधानमन्त्री आबेको आज अन्तिम संस्कार गरिँदै

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– गोली प्रहारबाट निधन भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको आज राजधानी टोकियोस्थित बौद्ध गुम्बामा अन्तिम संस्कार गरिँदै छ ।

कडा सुरक्षाबीच आबेको अन्तिम संस्कार हुन लागेको जापानी सञ्चारमाध्यमले जनाएका छन् । गत शुक्रबार नारा शहरमा चुनावी प्रचारप्रसार कार्यक्रमलाई सम्बोधन गरिरहेको अवस्थामा उनीमाथि एक व्यक्तिले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएका आबेको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

जापानको राष्ट्रिय सञ्चारमाध्यम एनएचकेका अनुसार आक्रमणकारीले हातले बनाएको बन्दुकबाट गोली चलाएका थिए । प्रहरीले शंकास्पद आक्रमणकारीको घरमा छापा मार्दा त्यहाँबाट विस्फोटक पदार्थसमेत बरामद गरेको थियो ।

सोमबार पूर्वप्रधानमन्त्री शिन्जो आबेको परिवार र नजिकका आफन्तहरूले प्रार्थना सभा गरेका थिए । उक्त प्रार्थना सभामा जापानका प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए ।

आबेलाई पछाडिबाट गोली लागेको थियो । जापान टाइम्सका अनुसार गोलीको टुक्राले आबेको घाँटीमा चोट लागेको थियो र उनको छातीभित्र रगत बगेको थियो।

प्रहरीले घटनास्थलबाट ४१ वर्षीय संदिग्ध आक्रमणकारीलाई पक्राउ गरेको छ । संदिग्ध आक्रमणकारी तेत्सुया यामागामीले सामुद्रिक सेल्फ डिफेन्स फोर्समा समेत काम गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२०
प्रतिक्रिया दिनुहोस्