नेपाल टी–२० लिगलाई आईसीसीको मान्यता
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलाई मान्यता दिएको छ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ।
नेपालको आधिकारिक टी–२० लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुनेछ। त्रिवि क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ।
क्यानले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा ६ टोलीले खेल्नेछन्। प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी(भैरहवा) र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिइसकेको छ।
क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ। क्यानले आयोजना गर्ने फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगलाई (आईसीसी) ले मान्यता दिएको छ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०८:२४
प्रतिक्रिया दिनुहोस्