Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बुधवार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरमा आजको लागि अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२७ रुपैयाँ २३ पैसा र बिक्री दर १२७ रुपैयाँ ८३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९४ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ५५ रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ४८ पैसा र बिक्री दर ८५ रुपैयाँ ८८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ९८ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ १८ पैसा र बिक्री दर ९ रुपैयाँ ३२ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ८५ पैसा र बिक्री दर ३४ रुपैयाँ १ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ७१ पैसा र बिक्री दर ९ रुपैयाँ ७६ पैसा कायम भएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०६
प्रतिक्रिया दिनुहोस्