Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकाः अमेरिकी दूतावासद्वारा दुई दिनका लागि सेवा बन्द

बिहीबार, मंसिर ८, २०७९
कोलम्बो– श्रीलंकाको राजधानी कोलम्बोस्थित अमेरिकी दूतावासले बुधबार दिउँसोदेखि सबै सेवा बन्द गरेको छ । अमेरिकी दूतावासले ट्वीट गर्दै यो जानकारी दिएको हो । दूतावासले बिहीबार पनि सबै कन्सुलर सेवा रद्द गरिएको लेखेको छ । दूतावासले असुविधाप्रति क्षमायाचना गर्दै सबै अपोइमेण्टको लागि नयाँ समय दिइने जनाएको छ । गोतोबाया राजापाक्षेले देश छोडेपछि पनि श्रीलंकामा विरोध प्रदर्शन जारी छ। प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपति बनेका छन् । तर आन्दोलनकारीले रनिल विक्रमासिङ्घेलाई पनि हटाउन माग गरिरहेका छन् । तर, रनिल विक्रमासिङ्घेले सर्वदलीय सरकार गठनका लागि राजीनामा दिन तयार रहेको बताइसकेका छन् । तर प्रदर्शनकारीहरूले विक्रमासिङ्घेलाई साँझसम्म राजीनामा दिन माग गरेका छन्।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्