श्रीलंकाका राष्ट्रपतिद्वारा आजै राजीनामा दिने तयारी
कोलोम्बो– श्रीलंकाका सभामुखले राष्ट्रपतिले आजै राजीनामा पठाउने तयारी गरिरहेको घोषणा गरेका छन् ।
सभामुखले गोताबाया राजपाक्षेले आफूलाई फोन गरी आजै राजीनामा पठाउने बताएको बताए ।
गोटाबाया राजापाक्षेले शनिबार राजीनामा दिने वाचा गरेका थिए ।
राजापाक्षेले यतिबेला श्रीलंका छोडेका छन् । राष्ट्रपति राजापाक्षेले राजीनामा दिएपछि श्रीलंकाका अन्तरिम राष्ट्रपतिले एक महिनाको लागि कार्यभार सम्हाल्न सक्नेछन् र नयाँ निर्वाचनको बाटो खुल्नेछ।
यसैबीच, बुधबार राजधानी कोलम्बोमा प्रदर्शन चर्किएको छ। प्रदर्शनकारीहरू प्रधानमन्त्रीको कार्यालय र सरकारी टेलिभिजन च्यानलका स्टुडियोमा प्रवेश गरेका थिए ।
श्रीलंकाको बिग्रँदै गएको आर्थिक अवस्थाका बीच प्रदर्शनकारीले राष्ट्रपति गोटाबायाको राजीनामा माग गर्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१२
प्रतिक्रिया दिनुहोस्