५९ अंकले बढ्यो सेयर बजार
काठमाडौँ– शेयर बजार उच्च अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५९.५४ अंकले बढेको हो । ३.०९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८६.२ अंकमा पुगेको छ ।
आज २२५ कम्पनीका ५७ लाख ८७ हजार १ सय २६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपियाँ बराबरको कारोबार भएको हो ।
बजार बढेको दिन सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह १७०।३४ अंकले बढेको हो ।
नेप्सेका अनुसार आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयर मूल्य १०–१० प्रतिशतले बढेको छ भने अरु ९ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । त्यसैगरी एभरेष्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतले घाटा व्यहोरेका छन् भने उक्त बैंकसहित १० कम्पनीको मात्रै शेयर मूल्य घटेको हो ।
बजार उच्च अंकले बढेको दिन शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ९ करोड २ लाख ९५ हजार २ सय २९.५० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:४९
प्रतिक्रिया दिनुहोस्