Nic Ad Nic Ad
Nic Ad Nic Ad

कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेले सेना र प्रहरीलाई श्रीलंकाको अवस्थालाई सम्हाल्न निर्देशन

बिहीबार, मंसिर ८, २०७९
कोलोम्बो– कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले टिभीमा जारी विज्ञप्तिमा सेना र प्रहरीलाई श्रीलंकाको अवस्थालाई सम्हाल्न निर्देशन दिएका छन् । कार्यवाहक राष्ट्रपति रणिल विक्रमासिङ्घेले श्रीलंकाको सुरक्षा र स्थिति सुधार्नका लागि प्रमुख प्रतिरक्षा कर्मचारी, त्रिदल कमाण्डर र प्रहरी महानिरीक्षक (आईजीपी) सम्मिलित समिति गठन गरिएको बताएका छन् । श्रीलंकाको वर्तमान अवस्थालाई नियन्त्रण गर्न सेना र प्रहरीलाई जिम्मेवारी दिइएको उनले बताए । विक्रमासिङ्घेले विशेष भिडियो विज्ञप्तिमार्फत सबै नागरिकको सुरक्षा सुनिश्चित गर्न र सुव्यवस्था कायम गर्न यस समितिलाई निर्देशन दिइएको बताएका छन् । विक्रमासिङ्घेले प्रदर्शनकारीहरूले फासीवाद फैलाएको आरोप लगाएका छन् र फासीवाद रोक्न र व्यवस्थालाई पुनर्स्थापित गर्न देशमा संकटकाल र कर्फ्यू लगाइने बताएका छन्। बुधबार प्रदर्शनकारीले प्रधानमन्त्रीको कार्यालय घेराबन्दी गरेका र सुरक्षाकर्मीसँगको लामो झडपपछि प्रदर्शनकारीहरु प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गर्न सफल भएका थिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्