श्रीलंकाकाे प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीको रमिता
कोलोम्बोः श्रीलंकाका प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयको एक बैठक कक्ष भित्र सेल्फी खिचेर उत्सव मनाएका छन् ।
यही कोठामा प्रधानमन्त्रीसँग विश्वभरका नेता तथा पदाधिकारीले भेटघाट गर्थे । तर अहिले आन्दोलनकारीले भरिएको छ ।
माथि एउटा ठूलो चम्किलो सिसाको झूमर छ, तल, प्रदर्शनकारीहरू कुर्सी, डेस्कमा उभिएका छन् र श्रीलंकाको झण्डा फहराउँदै छन्।
हतियारधारी सिपाहीहरू यस कोठाबाहिर उभिएर मानिसहरूलाई उत्सव मनाएको हेरिरहेका छन्। केही प्रदर्शनकारी सोफामा आराम गरिरहेका छन् भने कोही फोटो खिचिरहेका छन् ।
प्रदर्शनकारीले भित्तामा टाँसेका तस्बिरहरू पनि खिचिरहेका छन् । त्यहाँ प्रिन्स चार्ल्स र बेलायती महारानीका तस्वीरहरू पनि छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:२८
प्रतिक्रिया दिनुहोस्