गभर्नर अधिकारीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ– माओवादी (केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेको छ ।
ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा र विद्यार्थी संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै बुधरबारदेखि सडक संघर्ष सुरु गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको खुलासा भएसँगै संसद् र सडकमा उनीमाथि छानबिन, राजीनामा र बर्खास्तको माग उठेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०४
प्रतिक्रिया दिनुहोस्