स्कटल्यान्डद्वारा नेपाललाई १४५ रनको लक्ष्य
काठमाडाैँ-विश्वकप क्रिकेट लिग टूकाे त्रिकाेणात्मक खेलमा स्कटल्यान्डले नेपाललाई १४५ रनकाे लक्ष दिएको छ । स्कटल्यान्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली ४३ औ ओभरमा १४४ रनमा अलआउट भएको हो ।
नेपाली बलरले कसिलो बलिङ सामु स्कयल्यान्डका ब्याटरले खुलेर खेल्न सकेनन । स्कटल्यान्डका गभिन मैनले ६४ रन बनाए । छ जना ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन । नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले तीन तीन सन्दिप लामिछानेले दुई र करण केसीले एक विकेट लिए । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ । सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:५४
प्रतिक्रिया दिनुहोस्