Nic Ad Nic Ad
Nic Ad Nic Ad

चलचित्र 'प्रकाश'ले स्ट्याण्ड–अप कमेडी टुर गर्ने, कहाँ कहाँ हुँदैछ कार्यक्रम

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नायक प्रदिप खड्काको नयाँ लुक्सका कारण चर्चामा आएको चलचित्र 'प्रकाश'ले काठमाडौँ सहित छ वटा विभिन्न सहरमा स्ट्याण्ड–अप कमेडी टुर गर्ने भएको छ । उक्त कमेडी टुर चितवनको भरतपुरबाट सुरु हुने भएको हो । भरतपुरमा असार ३१ गते र ३२ गते उक्त कार्यक्रम आयोजना हुने भएको छ । यस्तै, बुटबलमा साउन ६ र ७ गते, पोखरामा १३ र १४ गते, विराटनगरमा २० र २१ गते, हेटौँडामा २७ र २८ गते हुने भएको छ । यस्तै, काठमाडौँमा भदौँ ३, ४ र ५ गते हुने निर्माण पक्षले जानकारी दिएको छ । उक्त टुरमा कमेडियन आदर्श मिश्रा, आयुश श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् । त्यस्तै, काठमाडौँमा आयोजना हुने कार्यक्रममा अन्य कलाकार पनि सहभागी हुनेछन् । कार्यक्रम हरेक शहरमा दुई दिन हुनेछ भने दर्शकले एक दिन टिकट काटेर र अर्को दिन  निःशुल्क हेर्न पाउनेछन् । कार्यक्रममा प्रदिप खड्कासँगै चलचित्रका अन्य कलाकार तथा प्राविधिकहरु सहभागी हुनेछन्। उक्त कार्यक्रम बटुवा कमेडी र कमेडी टुकटुकसंगको सहकार्यमा हुन लागेको हो । उक्त टुरको नाम भष्ट्रचार विरुद्धको टेबल मुनीबाट कमेडी टुर नाम राखिएको छ । दिनेश राउतको निर्देशन रहेको फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा बिकास सुबेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्स, रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् । चलचित्र यही भदौँ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५०
प्रतिक्रिया दिनुहोस्