विश्वकप क्रिकेट लिग टू : नेपालद्वारा स्कटल्यान्ड ५ विकेटले पराजित
काठमाडौँ- विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ । बुधबारको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो ।
१४५ रनको सामान्य लक्ष नेपालले २५ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जिताउन आसिफ शेखले ७१ रन बनाए । यस्तै, कुशल भुर्तेलले २७, देब खनालले ४ तथा दिपेन्द्रसिंह ऐरीले ३ र आरिफ शेखले १ रनको योगदान गरे । रोहित पौडेल ३४ रनमा नटआउट रहे । यससँगै रोहितले लिस्ट ए मा ब्यक्तिगत १ हजार रन पूरा गरेका छन् ।
स्कटल्यान्डका गेभिन मैनले ३ विकेट लिए ।
जीतसँगै नेपाल १८ खेलमा ८ जीतसहित १७ अंकका साथ तालिकाको चौथो स्थानमा छ ।
नेपाल जारी सिरिजको आफ्नो पहिलो खेलमा भने नामिबियासँग ४० रनले पराजित भएको थियो ।
यसअघि, स्कटल्यान्डमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली ४३ औ ओभरमा १४४ रनमा अलआउट भएको हो । नेपाली बलरले कसिलो बलिङ सामु स्कटल्यान्डका ब्याटरले खुलेर खेल्न सकेनन । स्कटल्यान्डका गभिन मैनले ६४ रन बनाए ।
नेपालका सोमपाल कामी र मोहम्मद आदिल आलमले तीन तीन सन्दिप लामिछानेले दुई तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०७:५४
प्रतिक्रिया दिनुहोस्