पूँजी बजार सुधार संघर्ष समितिले पनि माग्यो गभर्नर अधिकारीको राजीनामा (तस्वीरहरु)
काठमाडौँः सेयर बजारको सुधारको लागि लामो समयदेखि आन्दोलन गर्दै आएको पूँजी बजार सुधार संघर्ष समितिले समेत बुधबार गर्भनर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् ।
आज माइतीघरमा प्रदर्शन गर्दैमा उनीहरुले गभर्नर अधिकारीले पूँजी बजार सुधार गर्ने तर्फ कुनै चासो नदेखाएको भन्दै उनको राजीनामा माग गरेका हुन् ।
त्यसो त, माओवादी (केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसीएल) र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गरेका थिए ।
ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
युवा र विद्यार्थी संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै बुधरबारदेखि सडक संघर्ष सुरु गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको खुलासा भएसँगै संसद् र सडकमा उनीमाथि छानबिन, राजीनामा र बर्खास्तको माग उठेको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:०४
प्रतिक्रिया दिनुहोस्