Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंका भ्रमण नगर्न यी देशले गरे आफ्ना नागरिकलाई अनुरोध

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ - बेलायत, सिंगापुर र बहराइनले अत्यावश्यक बाहेक श्रीलंका भ्रमण नगर्न आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन् । अभूतपूर्व आर्थिक संकटबीच देशमा ठूलो विरोध प्रदर्शन भइरहेका बेला ती देशले अत्यावश्यक अवस्थामा बाहेक श्रीलंकाको भ्रमण नगर्न आफ्ना नागरिकलाई अनुरोध गरेका हुन् ।

श्रीलंकाले गम्भीर आर्थिक संकट सामना गरिरहेको छ, जसले गर्दा औषधि, खाना पकाउने ग्यास, इन्धन र खाद्यान्नलगायतका आधारभूत आवश्यकताको अभाव छ ।

प्रदर्शनकारीले कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघेको पनि राजीनामा माग गर्दै विशाल प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा एक विद्यार्थीको मृत्यु भएको छ । केही प्रदर्शनकारी प्रहरीको घेरा तोडेर प्रधानमन्त्रीको निवासमा पुगेका थिए । तर, प्रधानमन्त्री निवासमा छैनन् । बुधबार माल्दिभ्स भागेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिंगापुर जाने तयारीमा छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्