Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसीबीको दाबी–रियाले नै सुशान्तलाई लागुऔषध दिन्थिन्

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसिबी)ले सुशान्त सिंह राजपूत मामलामा गत बुधबार चार्जशीट दायर गरेको छ । जुन चार्जशीटमा उसले अभिनेत्री रिया चक्रवर्तीमाथि गम्भीर आरोप लगाएको छ । रियामाथि एनसीबीले सुशान्तलाई लागुऔषध सप्लाई गर्ने गरेको आरोप लगाएको हो । चार्जशीटमा उल्लेख भए अनुसार एनसीबीले रियाले लागुऔषध लिने गरेको र त्यही लागुऔषध सुशान्तलाई दिने गरेको आरोप लगाएका छन् । गत २०२० जून १४ मा सुशान्त बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा मृत भेटिएका थिए । प्रहरीले सुशान्तको मृत्युलाई आत्महत्या बताएको थियो । यद्यपि उनीबाट कुनै सुसाइड नोट भेटिएको छैन । रियालाई सन् २०२० को सेप्टेम्बर ८ मा आत्महत्याका लागि उक्साएको र भारतीय दण्ड संहिताको कैयौं अन्य धारा अनुसार पक्राउ गरिएको थियो । यद्यपि २०२० अक्टोबर ७ मा उनलाई बम्बई हाई कोर्टले जमानत दिएको थियो । एनसीबीले दायर गरेको उजुरीको ड्राफ्टमा रियाले आफ्नो भाई शौविकसहित कैयौं अन्य व्यक्तिहरुसँग मारिजुआनाको डेलिभरी गरेको दाबी गरेको छ । उजुरीमा यो डेलिभरी कैयौंपटक भएको र उनले नै सुशान्तलाई लागुऔषध दिने गरेको दाबी चार्टशीटमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३५
प्रतिक्रिया दिनुहोस्