Nic Ad Nic Ad
Nic Ad Nic Ad

शाहरुखपुत्र आर्यनको पासपोर्ट फिर्ता गर्न आदेश

बिहीबार, मंसिर ८, २०७९
मुम्बई–बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले क्रुज ड्रग्स मामलामा क्लीन चिट पाएका छन् । यसपछि उनले स्पेशल एनडीपीएस कोर्टमा एक निवेदन दिँदै आफ्नो पासपोर्ट फिर्ता गर्न माग गरेका थिए । यो मामलामा बुधबार सुनुवाई गर्दै स्पेशल कोर्टले नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)लाई आर्यनको पासपोर्ट फिर्ता गर्न निर्देशन दिएको छ । आर्यनलाई एनसीबीले क्रुज लागुऔषध मामलामा २६ दिनसम्म हिरासतमा राखेको थियो । आर्यनले गत जून ३० मा आफ्नो वकिलका माध्यमबाट पासपोर्ट फिर्ताको मागसहित निवेदन दिएका थिए । आर्यनले आफूलाई एनसीबीले चार्जशीटमा आरोपी नदेखाएका कारण पासपोर्ट फिर्ता हुनुपर्ने माग राखेका थिए । मुम्बईबाट गोवा गइरहेको क्रुडेलिया क्रुजमा गत वर्षको अक्टोबर २ मा एनसीबीको टिमले छापा मारेको थियो । छापा मार्दा एनसिबीले १३ ग्राम कोकिन, ५ ग्राम मेफेड्रोन, २१ ग्राम मारिजुआना, २२ गोली एमडीएमए र १ दशमलब ३३ लाख रुपैंयाँ नगद बरामद गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:३५
प्रतिक्रिया दिनुहोस्