चर्चा पाउँदै नेपाल्स सिङ्गिङ स्टार
काठमाडौं–पछिल्लो समय नेपाली टेलिभिजनका पर्दाहरुमा गायनसँग सम्बन्धित धेरै रियालिटी शोहरु प्रशारणमा आइरहेका छन् । विदेशी फ्रेञ्चाइजहरुले स्थान लिइरहेको अवस्थामा पछिल्लो क्रममा केही हप्ता पहिलेबाट नेपाली टेलिभिजनमा छुट्टै गायन रियालिडी शो प्रसारणमा आइरहेको छ, ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’
असार १२ गतेदेखि प्रसारण सुरू भएको यो रियालिटी शोलाई निर्माण कम्पनिले भिन्न बताएको छ । यो शोमा अन्य रियालिटी शोमा प्रतिभा देखाइसकेका ुस्टार प्रतिभाुले मात्रै स्थान पाएका छन् । अन्य रियालिटी शोमा भाग लिइसकेका गायक गायिका र पाँच वर्षदेखि संगीत साधनामा लागेका गायकगायिकालाई मात्रै छनोट गरिएको निर्देशक रवि श्रेष्ठले बताए ।
हालसम्म जम्मा ६ एपिसोड प्रसारण भएको यो रियालिटी शोले नेपाली रियालिटी शो प्रेमीहरु माझ छोटो समयमा नै लोकप्रियता बढाउँदै अघि बढेको छ । ‘ब्याटल अफ दि स्टार्स’को रूपमा इमेज एचडी टेलिभिजनबाट हरेक हप्ताको आइतबार र सोमबार बेलुका ७ः४५ बजे प्रसारण भइरहेको यो कार्यक्रम निर्माण कम्पनिले छोटो समयमा रियालिटी शो प्रेमीमाझ लोकप्रिय बन्न सफल भएको बताएको छ ।
निर्णायकको रुपमा दर्शकहरु माझ चर्चित र प्रतिष्ठित निर्णायकहरु संजय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र मिलन नेवार रहनुलाई सफलताको पहिलो कडी निर्माण टिमले मानेको निर्देशक श्रेष्ठ बताउँछन् । निर्देशक श्रेष्ठले आफ्नो कार्यक्रम नेपालको मौलिक रियालिटी शो रहेको बताए ।
कार्यक्रममा प्रस्तोताको रुपमा टेलिभिजनको पर्दामा स्थापित होस्ट विवेकसिंह ठकुरी र केन्जल मेहर श्रेष्ठ छन् । हालसम्म प्रसारण भएका एपिसोडहरुमा प्रतिस्पर्धीहरुको गायन क्षमता पनि आकर्षणको अर्को कारण बनेको रियालिटी शोको पारखीहरुको धारण छ ।
३२ एपिसोडसम्म चल्ने यो प्रतियोगिताका विजेताले २५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सुरजलाल जोशी प्रोजेक्ट हेडको रुपमा रहेको, बिदुर पाण्डे प्राविधिक हेड रहेको यो कार्यक्रम टेलिभिजनसँगै युट्युवमा ओएसआर रियालिटी मार्फत प्रसारण भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:३५
प्रतिक्रिया दिनुहोस्