देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति राजपाक्षेले दिए राजीनामा
काठमाडौँ– श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षले राजीनामा दिएका छन् । देश छाडेर भागेका राजपाक्षेले बिहीबार सभामुखलाई ईमेलबाट राजीनामा पठाएका हुन् ।
देशमा आर्थिक संकट भएपछि देशव्यापी बढ्दो प्रदर्शनका बीच उनी बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए ।
माल्दिभ्सबाट उनी सिंगापुर पुगेका हुन् । सिंगापुर पुगेका उनले उतैबाट ईमेल पठाएर राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनका साथमा पत्नी र दुई सुरक्षाकर्मी रहेका छन् ।
श्रीलंकाका संसदका सभामुखले राष्ट्रपतिले पठाएको राजीनामाको वैधानिक प्रक्रिया पूरा गरेर शुक्रबार (आज) यससम्बन्धमा घोषणा गर्ने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०६:१७
प्रतिक्रिया दिनुहोस्