Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्व बैंकले नेपाललाई थप १२ अर्ब सहयोग गर्ने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ - विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो ।

विश्व बैंकको कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो ।

‘कोभिड-१९ को महामारीको परिप्रेक्षमा, हरियाली थप समावेशी र थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ । यस अपरेशन मार्फत, हामी पानी, भूमि प्रयोग, कृषि, वन, शहरी, फोहोर, र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको मुख्य नीतिगत कार्यहरूलाई समर्थन गर्दैछौं’, विश्व बैंकका प्रतिनिधि फारिस हदाद-जेर्भोसले भने ।

यो कार्यक्रमले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने बताइएको छ । यस कार्यक्रममार्फत प्राकृतिक रुपमा पूँजीको दिगो र उत्पादनमुलक क्षेत्रमा केन्द्रित हुँदै सहरी र ग्रामीण पूर्वाधार, मानव पूँजी, र जलवायु र वातावरणीय जोखिमहरूको निराकरण गरिने अपेक्षा छ । केही दिन अघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि भन्दै १० अर्ब रुपैयाँ सहयोग गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:१४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार