Nic Ad Nic Ad
Nic Ad Nic Ad

मृत्युको मुखबाट यसरी फर्किएका थिए सारा र जाह्नवी

बिहीबार, मंसिर ८, २०७९
मुम्बई—बलिउड अभिनेत्री सारा अली खान र जाह्नवी कपूरले ‘कफी विद करण सिजन ७’को एक एपिसोडमा आफ्नो एक यात्राको बारेमा खुलासा गरेका छन् । जुन यात्रामा उनीहरुकै भनाईमा उनीहरु मृत्युको मुखमा पुगेर फर्किएका थिए । केदारनाथको प्राकृतिक सुन्दरताको कुरा गर्दा दुवैले यात्रामा आएको बाधा र दुईले मृत्यु निकट अनुभव साटेका हुन् । जाह्नवीका अनुसार उनीहरुले सजिलो बाटोमा हिँड्नका लागि भैरवनाथको एक बाटो समातेकी थिइन् । जुन बाटो उनीहरुका लागि निकै साहसिक र जोखिमपूर्ण थियो । ‘हामीले भैरवनाथ जाने निर्णय लियौं र त्यहाँ जानका लागि एक सामान्य बाटो थियो । त्यो समय हामी ठीकठाक नै थियौं, हामी हिँडेर नै गयौं । बाटोमा एक चट्टानको ढलान भेटियो । अनि त्यो ढलानमा जाह्नवीले चढ्ने निर्णय लिइन्’, साराले भनेकी छन् । जाह्नवी चट्टान चढे पनि त्यसको डर सारामा थियो । सारालाई कतै जाह्नवी चट्टानबाट लड्ने त होइन भन्ने डर थियो । ‘बाँच्ने कुनै उपाय देखिनँ । तर जब मैले मेरो एक फ्यान आउँदै गरेको देखें, अनि मात्र अब बाँचिन्छ कि भन्ने श्वास आयो’, उनले भनेकी छन् । तर सारा र जाह्नवी त्यतिबेला निराश भए, जब ती व्यक्तिले कुनै सहयोग गरेनन् । ती व्यक्ति दुई अभिनेत्रीसँग सेल्फीमात्र लिन चाहन्थे । अन्ततः साराको चालकले उनीहरुलाई खोजे र विशेष बलको मद्धतले उनीहरुलाई बचाए । साराका अनुसार उनले ६ हजार रुपैंयाँ बचाउनका लागि नो—हिटरवाला होटलको कोठा छानेकी थिइन्न । तर होटलको कोठा चिसोका कारण जमेपछि उनलाई झनै आपत पर्यो । ‘मैले दुई थर्मल, एक ज्याकेट, तीन सल, दुई ट्रयाक पेन्ट र दुई स्वेटरका केदारनाथको यात्रा गरेको थिएँ । मैले सबै कपडा लगाउँदा पनि म कापिरहेको थिएँ’, उनले भनेकी छन् । —आइएनएस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:५०
प्रतिक्रिया दिनुहोस्