Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकामा एक हजारभन्दा बढी ब्यक्तिमा मङ्कीपक्स सङ्क्रमण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– अमेरिकाको ४३ वटा राज्यमा एक हजारभन्दा बढी बिरामीमा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) को पछिल्लो तथ्याङ्कअनुसार क्यालिफोर्नियामा सबैभन्दा धेरै १६१ जनामा मङ्कीपक्सबाट सङ्क्रमित भएको पुष्टि भएको छ । त्यसैगरी न्यूयोर्कमा १५९ र इलिनोइमा १५२ जनामा उक्त रोग सङ्क्रमण पुष्टि भएको छ सीडीसीले उल्लेख गरेको छ । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागको पछिल्लो तथ्याङ्कअनुसार बिफर र मङ्कीपक्स रोकथामका लागि संकेत गरिएको अमेरिकी खाद्य तथा औषधी प्रशासनद्वारा अनुमति प्राप्त खोप (जेवाईएनएनईओएस) को एक लाख ३२ हजारभन्दा बढी मात्रा राष्ट्रव्यापी रूपमा मंगलबारसम्म लगाइएको छ । विशेषज्ञहरूको भनाइअनुसार सङ्क्रमित बढ्दै गएपछि स्थानीय स्तरमा मङ्कीपक्सको खोपको अभाव देखिएको छ । (रासस/सिन्ह्वा)
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्