श्रीलंकाका राष्ट्रपति राजापाक्षेको राजीनामा स्वीकृत, नयाँ राष्ट्रपतिको चुनावका लागि संसद बैठक आह्वान
काठमाडौँ - श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामा स्वीकृत भएको छ । श्रीलङ्काका सभामुख महिन्दा यापा अबेवर्दनाले राजपाक्षेको राजीनामा स्वीकृत भएको बताएका छन् ।
सभामुख अबेवर्दनाले अब प्रधानमन्त्री रनिल विक्रमासिङ्घे अन्तरिम राष्ट्रपति बन्ने र आज उनको शपथ ग्रहण हुनसक्ने बताएका छन् । यस्तै, नयाँ राष्ट्रपतिको चुनावका लागि भोलि संसद् बैठक आह्वान गरिएको पनि उनले बताएका बीबीसीले जनाएको छ ।
सभामुखले आन्दोलनकारीलाई संयमित र शान्त हुन पनि आग्रह गरेका छन् । यसैबीच, श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरसिङ्गेले देशमा स्थिर सरकार नबने श्रीलङ्का असफल राष्ट्र बन्ने चेनावनी दिएका छन् ।
पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्ति गर्न नसक्ने अवस्थामा देश असफल हुने भन्दै गभर्नर वीरसिङ्गेले तत्काल स्थिर सरकार र चुस्त प्रशासन पुनर्बहाली गर्नेतर्फ राजनीतिककर्मीहरूको ध्यान जानुपर्ने बताएका छन् । एजेन्सी