धार्मिक चरित्रमा बिजुलीको घोषणा
काठमाडौं-रामायण, महाभारत र भागवत गीताको चरित्रलाई समेटेर फिल्म ‘बिजुली च्याप्टर १’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंमा फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरिको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ ।
बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् । केदार भुसाल क्रिएटिभ प्रोड्युसर रहने फिल्मको छायांकन भदौ तेस्रो साताबाट सुरु हुनेछ ।
फिल्ममा हरि घले लामाको छायांकन हुनेछ । निर्देशक गिरीका अनुसार चार युग सत्य, त्रेता,द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्न लागेको फिल्मको अर्को भाग पनि निर्माण गरिनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ २२:४८
प्रतिक्रिया दिनुहोस्