गोटाबायाको राजीनामा पछि श्रीलंकामा खुसीयाली
काठमाडौँ– गोटाबाया राजापाक्षेले आफ्नो पदबाट औपचारिक रुपमा राजीनामा दिएका छन् ।
संसद्का सभामुख यापा अभयवर्द्धनाले शुक्रबार बिहान गोटाबाया राजापाक्षेको राजीनामाको औपचारिक घोषणा गरे ।
यसैबीच, श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले केही समयअघि अन्तरिम राष्ट्रपतिको सपथ लिएका छन् । श्रीलंकाका प्रधानन्यायाधीशले विक्रमासिङ्घेलाई सपथ गराएका थिए ।
तर, बिहीबार साँझ सिङ्गापुर पुगेपछि राजापाक्षेले सभामुखलाई राजीनामा इमेल गरेका थिए । जुन आज स्वीकृत भएको छ ।
बिहीबार गोटाबायाको राजीनामाको खबर आएसँगै श्रीलंकाको राजधानी कोलम्बोमा उत्सव सुरु भएको छ । कोलम्बोमा यतिबेला कर्फ्यू लागू छ तर मानिसहरु सडकमा उत्रिएका छन् ।
गोटाबायाले राजीनामा दिएपछि आन्दोलनकारीहरू सरकारी भवनबाट हटेका छन् र फर्किरहेका छन्।
कोलम्बोमा बीबीसी संवाददाता इथिराजन अन्बरासनले गोटाबायाको राजीनामापछि उत्सवको वातावरण रहेको बताए। मानिसहरूले उत्सव मनाइरहेका छन्। उनीहरु विभिन्न प्रकारका पोस्टर बोकेर आफ्नो जितको खुसी मनाइरहेका छन् । आन्दोलनको सुरुदेखि नै माग गर्दै आएकाले गोटबायाको राजीनामा उनीहरुले जीतको रुपमा लिएका छन् ।
उनी भन्छन्, ‘तीन महिनादेखि आन्दोलनकारीले यही माग गर्दै आएका थिए । आधारभूत आवश्यकताका लागि पनि संघर्ष गर्नुपर्ने भएकोले जनतामा आक्रोश छ र शनिबार के भयो त्यो जनताको आक्रोशकै कारण भएको हो ।
श्रीलंकाका सांसद तारका सुरायाले राजपाक्षेको राजीनामाको प्रतिक्रिया दिँदै यो जनताको जीत भएको बताएका छन् ।
यद्यपि, श्रीलंकाका सांसदहरूले पनि राजापाक्षेले धेरै अवसरहरूमा उत्कृष्ट काम गरेको विश्वास गर्छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्