Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से ८ अंकले बढ्यो

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आर्थिक वर्ष २०७८/७९ को अन्तिम कारोबार दिन सेयर बजार आज झन्डै आठ अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से शुक्रबार सात दशमलव ९३ अङ्कले बढेर दुई हजार नौ दशमलव ४६ अङ्कमा पुगेको छ । आज बैकिङ, विकास बैंक, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फन्ड समूहको सेयर बढेको छ । दुई सय ३१ कम्पनीका ४० लाख ५१ हजार कित्ता सेयर एक अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोशीको शेयर १९ करोड ७२ लाख रुपैयाँमा किनबेच भयो । आज नेपाल इन्भेस्टमेन्ट डिबेन्चर र माछापुच्छ्रे बैंकको डिबेन्चरको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि ग्रीनलाइफ हाइड्रोपावरको सेयर सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१३
प्रतिक्रिया दिनुहोस्