मतदाता नामावली दर्ता गर्न सकस (तस्वीरहरु)
काठमाडौँ– सर्वसाधारण मतदाता नामावली दर्ता गर्न लामो लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ । निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि अनलाइन प्रविधिबाट गर्न मिल्ने भएपनि सर्वसाधारणको अज्ञानता तथा पूर्ण पहुँच नहुँदा लामो लाइन बस्न बाध्य भएका छन् ।
भक्तपुर निर्वाचन कार्यलयमा अनलाइन दर्ता गरी आउने सर्वसाधारणको सङ्ख्या एकदमै न्यून देखिएको छ ।
दैनिक २ दर्जन जति अनलाइन दर्ता गरी आउने गरेको निर्वाचन कार्यलयले जनाएको छ । यस्तै, फर्म भरेर नामावली दर्ता गर्नेको सङ्ख्या भने दैनिक २ सयको हाराहारीमा रहेको छ ।
आयोगले असार १ गतेबाट नामावली सङ्कलन सुरु गरेको छ । काठमाडौँसहित प्रमुख सहर र तराई मधेशका जिल्लास्थित प्रशासन र निर्वाचन कार्यालयमा नामावली दर्ता गराउने चाप निकै बढेको छ । यसले गर्दा ती निकायलाई भीड व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ ।
यस्तै, काठमाडौँको अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा दैनिक पाँच सयदेखि सात सय व्यक्तिले नामावली दर्ता गराउँदै आएका छन् तर समयमै नपुगे दर्ता फार्मसमेत नपाउने अवस्था छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:५५
प्रतिक्रिया दिनुहोस्