Nic Ad Nic Ad
Nic Ad Nic Ad

किमजस्तै देखिन १२ वर्षमा ४० सर्जरी !

बिहीबार, मंसिर ८, २०७९
लसएञ्जल्स– अमेरिकी रियालिटी शो स्टार किम कार्दासियन बन्न ब्राजिलियन मोडल जेनिफर पेपलोनाले करोडौं रुपैंयाँ खर्च गरेकी छन् । १२ वर्षका करिब ४० कस्मेटिक सर्जरी गराएकी जेनिफरले आफ्नो रुप किमको जस्तो नभएपछि उनले पुनः करोडौं रकम खर्च गरेकी छन् । २९ वर्षीया जेनिफरले आफूलाई मानिसले ‘किम कार्दासियन’ भन्ने गरेकाले उनको जस्तै लुक्स बनाउन पैसा खर्च गर्नुपरेको खुलाएकी छन् । ‘मानिसहरु मलाई कार्दासियन भन्थे र मलाई तनाव दिन थाले । मैले पढाई गरें, काम गरें र एक व्यापारी पनि थिएँ । निजी जीवनमा मसँग धेरै उपलब्धी थिए, तर मलाई मान्छेले किमकै जस्तो देखिन्छौ भनेर मेरो पहिचान नै गुमाउनुपर्ने अवस्था आयो’, उनले भनेकी छन् । जेनिफरले १७ वर्षको उमेरमा पहिलो सर्जरी गराएकी थिइन् । त्यो समयमा किम स्टारडमतिर अगाडि बढिरहेकी थिइन् । त्यसपछि उनले किमजस्तो देखिनका लागि छिटो भन्दा छिटो सबै प्रक्रिया अपनाइन् । जसमा उनले तीन राइनोप्लास्टी, कम्मरदेखि तलको भागमा आठ अपरेसन, बट इम्प्लान्ट, फ्यान इन्जेक्सनसहित ४० ब्यूटी ट्रिटमेन्ट गरिन् । यी सबै सर्जरीका लागि उनले ६ लाख डलर खर्च गरिन् । यति ठूलो परिवर्तन गरेपछि उनले अन्तर्राष्ट्रिय चासो पायन् । इन्स्टाग्राममा उनको फलोअर्स संख्या लाखौं पुगे । यसका बाबजुद पनि उनले खुशी पाइनन् । ‘मैले आफूलाई सर्जरीबाट लत पाएँ र म खुशी थिइनँ । म आफ्नो अनुहारमा फिलर राखिरहेको थिएँ । यो अर्को लत थियो र म सर्जरी साइकलमा कैद भइसकेको थिएँ । जसको सट्टामा मैले लोकप्रियता र सम्पत्ति पाएको थिएँ । म हरेक कुराबाट आफ्नो नियन्त्रण गुमाइसकेको थिएँ । म निकै मुस्किल समयबाट गुज्रिएकी छु’, उनले भनेकी छन् । जेनिफरले आफू कैयौं वर्षसम्म दुःखी भएको र आफूलाई बडी डिस्मोर्फिया भएको थाहा भएपछि पुरानै जीवनमा फर्कने प्रयास गरेको खुलासा गरेकी छन् । आफूले अनुहार तथा शरीरको पुनः सर्जरी गर्नका लागि १ लाख २० हजार डलर खर्च गर्नु परेको जनाएकी छन् । –आजतक
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:०१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार